RSS

गन्थन !


 काठमाडौँ बसाईको करिब एक वर्ष पछि गाउ घर गएको थिए। करिब दुइ हप्ताको बसाई पछी मा काठमाडौँ फर्कने क्रममा ढोका पट्टिको झ्याल तिर को सिट मा थिए। नारायणगढ मा खाना खाएर गढी चढदा दिउसोको तेस्तै  दुइ बजेको हुनु पर्छ.  मिठो निन्द्रा लाग्यो, कति खेर झकाए छु पत्तै पाइन।"हाईई  !! हाइईई !! हाई !! "  सपना मा हो कि बिपना ! न बच्चाको न पाको मान्छेको, आवाज अलिक फरक थियो।  छुट्टाउन खोज्दा खोज्दै बिउझे। निन्द्रा खराब गर्ने त्यो आवाज संग मा त्यति खुस थिइन. बन्द झ्याल बाट चिसो हावा ले हल्का हानिरहेको थियो। हरियाली। छेउ बताई त्रिसुली बगिरहेको. तर त्यो आवाज कस्को थियो? दाहिने तिर टाउको घुमाए, गाडी भरि मान्छे खचा-खच। त्यो आवाज एक नासले छ सात पटक 'हाई' भने पछि रोकियो. हास्यो। दङ्ग पर्यो। आफु छेउको लाइ देखायो। मनकामना जाने केवल कार तिर। बिजुलीको खम्बा हुदै मान्छे सहितका सेता डब्बाहरु कोहि सरर माथि,  कुनै सुईssअ तल झरी रहेका. उ लगाएत उ साथै भएका दुवै जना को ध्यान  ति सेता डब्बा मा थियो। गाडी भित्र सवार सबको ध्यान त्यो आवाज अनि उ साथका दुइ मा थियो। भिड का बीच उ गाडी माथिको डन्डी समातेर निउरो परि बाहिर हेर्न तल्लिन थियो। तेस्तै चौध बर्षको। म सात कक्षा सम्म पढ्दा लगाको  त्यो आकाशे निलो सर्ट, त्यो आवाज ठ्याक्कै तेस्तै सर्ट  मा थियो। अनि गाढा निलो पेन्ट, तर उ हाप पेन्ट  मा थियो। केवल कार कट्यो, उनीहरु गाडी वरिपरी सबै चिज लै बढो ध्यान संग नियाल्थे. मैले बोलाए  "मेरो झ्याल तिर बस्छौ?" "केवल कार चढेको छैनौ?" "हाइ ! यहा त चिसो हावा आउदो रेछ "  झ्याल बाट बाहिर मजाले सबै हेरुन भनेर मैले उनलाई बस्न दिए। एकछिन पछि उठाएर मा बस्नु पर्ला सोचेको थिए, गफ गर्दै गर्दै थानकोट आएको पत्तै भएन। नाम जयन। जुम्ला जिल्ला मा रहेछ घर. दुइ कक्षा पढाई पछि स्कुल जान  छोडेका. घरमा बहिनि र बाख्रा को रेखदेख गर्ने रहेछन. आमा को मृत्यु पछि बुवा ले अर्की आमा ल्याउनु भएछ. गाडी पहिलो पटक चढेका रे. 'हेलिकोप्टरमा भने सानो छदै आमा संग नेपालगंज गएका थिए रे, याद छैन रे, बुवा ले भन्दा सुनेका. केवल कार देख्दा आश्चर्य प्रकट गरेका रहेछन. ओहो भने जस्तै-- 'हाइई '"झोला मा के  छ?""केहि नाइँ, दुइटा लगाउने, चिउरा, अनि बहिनि को फोटो" "काठमाडौँ घुम्न जना लागेको?""काम गर्न, होटलमा" कलंकीमा बिदा भैयो. आफु संगै का दुइ अनि अर्को एक अधो बैसे मान्छे (जसलाई मैले पहिला देखिन, पछाडी गाडी मा रहेछन) को पछी पछि लगेर उनीहरु गए. मा बसपार्क आएर ट्याक्सी लिएर आफ्नो डेरा बिजुलीबजार आए। राति को नौ बजेको थियो। म संगै डेरा गरि बस्ने मेरो मिल्ने साथीलाइ (जसको खास घर जुम्ला नै हो, तर पहिले देखि नै सुर्खेत र काठमाडौँ मा पढाई बसी गरेको) ति बालक को बारेमा सुनाए। जुन माया र छाख का साथ् मैले उसलाई मैले आज गाडीमा सुनेको 'आवाज' र भेटेको व्यक्ति को बारेमा उसलाई सुनाए, उसले खासै मन लगाएर सुनेन। "खान तयार छ यार, खाएर सुतिहाल्नु पर्छ. मेरो त बिहानै कलेज, अनि बाईक मा पनि के आवाज आइ रा'छ, बनाउन जानु छ."
उसले कर गरे पछि खान खाएर दुवै बेडमा पल्टेउ. तर मेरो आखा भरि मैले दिउसो भेटेको त्यो "आवाज' घुमी रह्यो. मेरै साथी पनि आखिर जुम्ला कै हो! उसले बाइक लिएर घुम्छ। महिना को सात हजार तिरेर कलेज पढाई गर्छ. आखिर  के कुराले फरक पर्दो रहेछ? 
_________________________________________________________

  • Hello Pradip,
    Here are some short story which I found on a book, and I thought it could be useful for our program.


    एउटा न्याधिशले चोरीको आरोप लागेको व्यक्तिलाई सजाय 
    सुनाउनुअघि 'तिमीलाई आफ्नो बचाउमा केहि भन्नु छ ?' भनेर 
    सोधे ! तेस्ले भन्यो, 'श्रीमान, मेरो बुबाआमालाई पनि मसंगै 
    जेल सजाय सुनाउना आग्रह गर्दछु !' न्याधिशले प्रश्न गरे 'किन 
    ?' उसले भन्यो, 'मैले सानोमा बिद्यालयबाट पेन्सिल चोरेर 
    ल्याउथे ! बुबाआमालाई येस् बारे थाहा थियो तर उहाहरुले 
    मलाई केहि पनि भन्नु भएन ! मैले पेन चोर्न थाले ! उहाहरुले 
    मलाई केहि भन्नु भएन ! मैले बिद्यालय र छरछिमिकमा सरसामान चोर्न थालें ! र चोरी गर्ने बनि लग्यो ! उहाँहरुलाई 
    मेरो चोरी गर्ने बानी थाहा हुँदाहुँदै पनि एक सब्द केहि भन्नु भएन र येदि चोरी गर्नुमा मेरो दोष छ र मैले जेल जानु पार्छ 
    भने मेरा आमा-बुबा पनि दोषी हुनुहुन्छ र उहाँहरु पनि जेल जानुपर्छ !
    उसले भनेको कुरा सहि हो ! उसले गरेको चोरीको जिम्मेबारी पूर्णतह उसले नै लिनुपर्छ तेस्मा कुनै संका छैन तर उसले 
    उठाएको प्रश्न भने एकदम गम्भीर छ ! के उसका आमाबाबुले 
    कर्तब्य पालन गरेका हुन् त ? निश्चय नै होइनन !

    आमाबाबुले हप्तामा १५ मिनेट मात्रै आफ्ना बालबालिकासंग 
    'आर्थपुर्ण कुरा' गर्छन ! बाँकि समय बालबालिकाहरु आफ्ना 
    साथीसंगी र टेलिभिजन कार्यक्रमहरुबाट जे जति शिक्षा 
    पाउछन्, तेही बटुल्न बाध्य हुन्छन !

    -अमेरीकन पारिबारिक असोसिएसन जर्नल


    आन्तरिक प्रेरणा
    एउटा किशोर केटो सधैं फूटबल अभ्यासको लागि आउने गर्थ्यो 
    ! संधै उ आफ्नो बुबासंग आउने गर्थ्यो ! उसको बुबा खेल मैदानभन्दा पर उसलाई कुरी रहन्थे तर त्यो केटो कहिल्यै पनि 
    खेल सुरुवात गर्ने टोलीमा पर्दैनथ्यो, जगेडा खेलाडीको रुपमा 
    रहन्थ्यो ! एकपटक म्याच सुरु भएको चार दिन हुँदासम्म ऊ 
    अभ्यासका लागि आएन ! ऊ क्वाटर-फाइनल, सेमी-
    फाइनलमा समेत अभ्यास गर्न अएन ! एकैपटक फाइनलको दिन ऊ देखा पर्यो र प्रशिक्षकसंग गुनासो गर्न पुग्यो, 
    "प्रशिक्षकज्यु तपैले मलाई कहिले पनि टिममा सामेल गर्नु 
    भएन ! जहिलेपनि जगेडा खेलाडीमा राख्नु भयो ! कृपया 
    आज मलाई खेल्न दिनुहोस !" प्रशिक्षकले भने, "माफ गर 
    साथी, म तिमीलाई खेलाउना सक्दिन ! टिममा तिमीभन्दा 
    राम्रा खेलाडीहरु छन् र त्यो पनि आज त फाइनल खेल हो !
    सिङ्गो बिद्यालयको नाम दाउमा छ ! तिम्रो लागि म जोखिम 
    उठाउन सक्दिन !" केटोले जिद्दी गर्न थाल्यो, "कृपया मलाई 
    एउटा मौका दिनुहोस ! म बाचा गर्छु, तपाइलाई निरास पर्ने 
    छैन !" त्यस केटाले कहिले पनि प्रशिक्षकसंग खेल्न पाऊ भनेर 
    तेसरी आग्रह गरेको थिएन ! प्रशिक्षकले भने, "ठिक छ, म 
    तिमीलाई एकपटक खेल्ने मौका दिइरहेको छु ! सिङ्गो 
    बिद्यालयको नाम दाउमा छ ! मलाई निरास पर्ने काम नगर !" 
    जब खेल सुरु भयो, केटोले आफ्नो ज्यान दिएर खेल्यो ! प्रत्येक 
    पटक जब उसले बल पायो, ऊ गोल गर्न सफल भयो ! ऊ त्यस 
    दिनको आकर्षणको केन्द्रबिन्दु बन्यो ! उसको टिमले खेल जित्यो !
    खेल सकिएपछि प्रशिक्षक ऊ भएको ठाउमा गयो र भन्यो, " 
    के हो केटा, म अहिलेसम्म कसरि गलत भए? तिमीले येती 
    राम्रो कसरि खेल्न सक्येउ हँ?" केटोले उत्तर दियो, "किन भने 
    आज मेरो बुबाले मेरो खेल हेरिरहनुभएको थियो !" 
    प्रशिक्षकले लेतोको बुबा बस्ने ठाउँतिर हेर्दै भने, "खोइ त, म 
    तिम्रो बुबालाई देख्दिन नि ?"
    केटोले भन्यो, "मैले आजसम्म तपाइलाई मेरो बुबा अन्धो 
    हुनुहुन्छ भन्ने खुरा बताइन ! चार दिन अघि उहाँ बित्नुभयो ! 
    उहाँले मेरो खेल हेर्नुभएको आज पहिलो दिन हो, स्वर्गबाट !"

    आन्तरिक प्रेरणा भित्रबाट आउने गर्छ ! येसले हामीलाई 
    santusti दिन्छ ! यो प्रेरणा सफल हुन वा विजयी हुनुभन्दा 
    पनि केहि हासिल गर्दा प्राप्त हुने आत्म-santusti को 
    भावनाले गर्दा आउने गर्छ !









  • Digg
  • Del.icio.us
  • StumbleUpon
  • Reddit
  • RSS

नेपाली मा टाइप गर्नुहोस